कार्लोस आउँदा पनि दशरथ रंगशालामा देखिएनन् दर्शक

कार्लोस आउँदा पनि दशरथ रंगशालामा देखिएनन् दर्शक

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । विश्वकप विजेता ब्राजिली फुटबलका लिजेन्डरी खेलाडी रोबर्टो कार्लोस आउँदा पनि दशरथ रंगशालामा आज उल्लेख्य दर्शक नआएको पाइएको छ ।

जारी नेपाल सुपर लिगको दोस्रो क्वालिफायर खेलमा अतिथिको रुपमा लिजेन्डरी खेलाडी रोबर्टो रंगशाला पुग्दा आधा खाली देखिएको हो । पोखरा थन्डर्स र धनगढी एफसीबिचको खेल जारी छ ।

गत फागुनमा भएको केपी ओली कप फुटबलको फाइनल खेलमा विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन आउँदा रंगशाला भरिएको थियो । तर, योपटक खासै दर्शकमा उत्साह नदेखिएको हो ।

Logo