नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको छ -पारस खड्का

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको छ -पारस खड्का

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा एउटा बलियो जग बसाल्ने प्रयासमा नेपाल क्रिकेट संघ लागि रहेको बताएका छन् ।

शनिबार राष्ट्रिय क्रिकेट टोलीका लागि नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट लको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको भन्दै नयाँ प्रशिक्षकको उपस्थितीमा यो सोचमा पूरा हुने बताएका हुन् ।

उनले भने, ‘नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्थामा हामी पुगेका छौँ । हाम्रो राष्ट्रिय टोली पनि राम्रो छ । नेपाली क्रिकेटमा एउटा राम्रो जग बनि सकेको छैन, त्यसैले त्यो जग बसाल्ने प्रयासमा नेपाल क्रिकेट संघ लागि रहेको छ । यसमा नयाँ प्रशिक्षक थपिनु भएपछि उहाँको उपस्थितीमा क्रिकेटलाई हामीले बलियो बनाउछाैं भन्ने सोचमा छौँ ।’

यस्तै, उनले प्रशिक्षक आज साँझ ८ बजे एयर इन्डिया मार्फत आउन लागेको पनि बताए ।

Skip This
Skip This
Logo