पन्जाबको प्लेअफ होड बलियो, चेन्नई घरमै फेरि स्तब्ध

पन्जाबको प्लेअफ होड बलियो, चेन्नई घरमै फेरि स्तब्ध

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । पन्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा प्लेअफ होड बलियो बनाएको छ । गएराति भएको खेलमा पन्जाबले चेन्नईलाई उसकै मैदानमा ४ विकेटले हराएको हो ।

चेन्नईले दिएको १९१ रनको लक्ष्य पन्जाबले ६ विकेट गुमाएर २ बल बाँकी छँदै पूरा गर्‍यो । पन्जाबको जीतमा कप्तान श्रेयस अय्यरले सर्वाधिक ७२ रन जोडे । साथै ओपनर प्रभसिमरन सिंहले ५४ रन बनाए ।

बलिङमा चेन्नईका खलिल अहमद र मथिसा पाथीरानाले समान २ विकेट लिए ।

त्यसअघि टस हार ब्याटिङमा उत्रिएको चेन्नईले १९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो । साम कुरानले बल खेल्दै ९ चौका र ४ छकमका सहित ८८ रन बनाए। साथै डिवाल्ड ब्रेभिसले ३२ रन जोडे ।

बलिङमा पन्जाबका युज्बेन्द्र चाहालले सर्वाधिक ४ विकेट लिए।

पन्जाब १० खेलमा १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको यो छैटौं जित हो । यता प्लेअफ होडबाट बाहिरिएको चेन्नईको १०औं खेलमा यो आठौं हार हो ।

Logo