अल नासर एसियाली च्याम्पियन्स लिग एलिटबाट बाहिरियो

अल नासर एसियाली च्याम्पियन्स लिग एलिटबाट बाहिरियो

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो सम्मिलित साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटबाट बाहिरिएको छ । गएराति भएको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

जेद्दाहमा भएको सेमिफाइनलमा कावासाकीको जितमा तात्सुया इतो, अकिहिरो इएनागा र अकिहिरो इएनागाले समान एकएक गोल गरे । यता अल नासरका लागि साडियो माने र इमान याह्याले एकएक गोल फर्काए ।

इन्ज्युरी समयमा रोनाल्डोले दुई फ्रिकिक र एक सहज अवसर पाए तर, गोलमा परिणत गर्न भने सकेनन् ।

एसियाली च्याम्पियन्स लिग एलिटको फाइनलमा कावासाकीले साउदी क्लब अल अहलीको सामना गर्नेछ । मंगलबार भएको सेमिफाइनलमा अल अहलीले साउदीकै अल हिलाललाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । फाइनल शनिबार हुने तय भएको छ ।

Logo