काठमाडौं । विश्वविजेता अर्जेन्टिनी स्टार लियानल मेसी आबद्ध अमेरिकन क्लब इन्टर मियामी कन्काकाफ च्याम्पियन्स कपबाट बाहिरिएको छ ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा भ्यानकुभर ह्वाइटक्याप्स एफसीले इन्टर मियामीलाई ३-१ ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । क्यानाडाली टोलीको प्रभावशाली प्रदर्शनले समग्रमा ५-१ को नतिजा स्कोर बनायो, जसले इन्टर मियामीको आशालाई समाप्त पारेको छ।
पहिलो लेगमा पनि इन्टर मियामी २-० गोलले स्तब्ध भएको थियो ।
खेलको सुरुमै इन्टर मियामीले अग्रता लिएको थियो, जसमा जोर्डी अल्बाले नवौं मिनेटमा गोल गरे । तर, ह्वाइटक्याप्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन गोल गर्यो । ब्रायन ह्वाइटले ५१औं मिनेटमा बराबरी गोल फर्काए भने त्यसको दुई मिनेटपछि नै पेड्रो भिटेले गोल गरे । यसैगरी ७१औं मिनेटमा सेबास्टियनले भ्यानकुभरको लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।
भ्यानकुभर ह्वाइटक्याप्स एफसीले अब च्याम्पियन्स कपको फाइनलमा क्रुज अजुल र टाइग्रेस युएएनएलबीचको विजेताको सामना गनुपर्नेछ । पहिलो लेग १-१ को बराबरीमा सकिएकाले यो खेल फाइनलमा पुग्ने टोलीको निर्णय गर्ने निर्णायक खेल हुनेछ।





























प्रतिक्रिया