काठमाडाैं । नेपाल-पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट टुर्नामेन्टको उपाधि द क्यापिटल वारियर्सले जितेको छ ।
शनिबार प्रेस स्वतन्त्रता दिवसका दिन आयोजित उक्त टुर्नामेन्टमा सञ्चारकर्मी (द इन्टरटेनर्स) र कलाकार (द क्यापिटल वारियर्स)को सहभागिता रहेको थियो । प्रतियोगिताको उद्दघाटन नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच.हाशमीले गरेका थिए ।

टी–२० फर्म्याटमा आयोजित उक्त प्रतियोगिताको टस द क्यापिटल वारियर्सले जित्दै पहिले ब्याटिङ राेजेकाे थियो । ब्याटिङ गर्ने क्रममा द क्यापिटल वारियर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९५ रन बनायो । द क्यापिटल वारियर्सका लागि दिपु कर्णले सर्वाधिक रन बनाए ।

१९६ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको सञ्चारकर्मीको टोली (द इन्टरटेनर्स)ले सबै विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा द इन्टरटेनर्सका पुरुशोत्तम मलिकले सर्वाधिक ३ विकेट लिन सफल भएका थिए ।
































प्रतिक्रिया