बार्सिलोनाको उत्कृष्ट पुनरागमन जित

बार्सिलोनाको उत्कृष्ट पुनरागमन जित

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । स्पेनिस फुटबल लिग ला लिगाको लिगलिडर बार्सिलोनाले पुनरागमन जित दर्ता गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल भाल्लाडोलिडलाई उसकै मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको छैटौं मिनेटमा भाल्लाडोलिडका इभान सान्चेजले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर, बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो। खेलको ५४औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए। त्यसको लगत्तै ६०औं मिनेटमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई २-१ को महत्वपूर्ण जित दिलाए।

यो जितसँगै बार्सिलोनाले लिग तालिकामा महत्वपूर्ण तीन अंक जोडेको छ। बार्सिलोनाले ३४ खेलमा ७९ अंक जोडेको छ । यता दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले एक खेल कम खेलेर ७२ अंक आत्मसाथ गरेको छ ।

Skip This
Skip This
Logo