साफ यु–१५ मा नेपालको अर्को हार

साफ यु–१५ मा नेपालको अर्को हार

केन्द्रबिन्दु
0
Shares

साफ यु–१५ फुटबल प्रतियोगिता अन्तर्गत आज तेस्रो स्थानका लागि भारतसंग भएको खेलमा पनि नेपालले हार व्यहोरेको छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भएको खेलमा नेपाल भारतसँग १-० ले हार व्यहोर्दै तेस्रो स्थान पनि गुमाएको हो।

भारततर्फबाट १२ नम्बरका खेलाडी थ्लासिउ भान्लालुइफिलाले खेलको १९ मिनेटमा गोल गर्न सफल भए। नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो।

प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरूद्धको जित नै नेपालको एक मात्रै जित रह्यो। माल्दिभ्सविरुद्ध ४–० को सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बङ्गलाादेशसँग २–१ गोल अन्तरले पराजित भयो।

Skip This
Skip This
Logo