काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एकपछि अर्को हार व्यहोरेको छ । गएराति घरेलु मैदानमा म्यानचेस्टरलाई वेस्ट ह्याम युनाइटेडले २-० ले स्तब्ध पारेको हो ।
खेलको २६ औं मिनेटमा टोमास सोउचेकले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाए । उनले जेरोड बोवेनको पासमा उत्कृष्ट फिनिस गरेका थिए । पहिलो हाफमा युनाइटेडले गोल फर्काउन धेरै प्रयास गरे पनि वेस्ट ह्यामको बलियो डिफेन्स तोड्न सकेन।
दोस्रो हाफमा पनि वेस्ट ह्यामले आफ्नो लय कायम राख्यो। ५७ औं मिनेटमा जेरोड बोवेनले गोल गर्दै वेस्ट ह्यामको अग्रता दोब्बर पारे। एन्टोनिओको पासमा उनले सहजै गोल गरेका थिए।
यो हारसँगै म्यानचेस्टर ३६ खेलमा ३९ अंकसहित १६औं स्थानमा छ । यता वेस्ट ह्याम ४०अंकसहित १५औं स्थानमा छ ।































प्रतिक्रिया