काठमाडाैं । स्पेनिस क्लब रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटी सिजनको अन्त्यमा ब्राजिलको राष्ट्रिय टोलीको नयाँ प्रशिक्षक बन्ने भएका छन्।
६५ वर्षीय इटालियन प्रशिक्षकले ला लिगा सिजनको अन्त्यपछि मे २६ देखि ब्राजिलको जिम्मेवारी सम्हाल्ने खबर बाहिरिएकाे हाे ।
उनी सान्टियागो बर्नाबेउबाट क्लबका सर्वाधिक सफल प्रशिक्षकहरूमध्ये एकका रूपमा बिदा हुनेछन्। एन्सेलोटीले रियल मड्रिडको प्रशिक्षकको रूपमा दुई कार्यकालमा १५ वटा उपाधि जितेका छन् र गत सिजनमा उनले च्याम्पियन्स लिग र ला लिगाको दोहोरो उपाधि दिलाएका थिए। तर यो सिजन भने रियलको प्रदर्शन खराब रह्यो ।
आइतबारको एल क्लासिकोमा बार्सिलोनासँगको हारले रियल म्याड्रिड लिग लिडर बार्सिलोनाभन्दा सात अंकले पछि परेको छ र तीन खेल मात्र बाँकी छन्। बार्सिलोनाको अप्रत्याशित नतिजा नआएमा अब रियलले चार वर्षमा पहिलो पटक उपाधिविहीन सिजन बिताउने लगभग निश्चित भएको छ।































प्रतिक्रिया