काठमाडौं । बार्सिलोनाले स्पेनिस लिग ला लिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा प्रतिद्वन्द्वी एस्पान्योललाई २-० ले पराजित गर्दै बार्सिलोनाले उपाधिमा कब्जा जमाएको हो । यो बार्सिलोनाको २८औं ला लिगा उपाधि हो ।
भ्रमणकारी टोलीका लागि दुवै गोल दोस्रो हाफमा भए । लामिन यामालले ५३औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । खेलको अतिरिक्त समयमा फर्मिन लोपेजले गोल गर्दै आफ्नो टोलीको लागि तीन अंक सुनिश्चित गरे।
जितसँगै बार्सिलोनाको ३६ खेलमा ८५ अंक भएको छ । यता दोस्रो स्थानको रियल मड्रिडको ३६ खेलबाट ७८ अंक छ । अब दुई खेल बाँकी छन् ।
बार्सिलोनाको युवा टोलीले उत्कृष्ट प्रदर्शन गर्दै कोपा डेल रेको उपाधि पनि यसअघि नै हात पारेको छ।





























प्रतिक्रिया