बेन्जेमाको कप्तानीमा अल-इत्तिहादले जित्याे साउदी प्रो लिगको उपाधि

बेन्जेमाको कप्तानीमा अल-इत्तिहादले जित्याे साउदी प्रो लिगको उपाधि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । करिम बेन्जेमाको कप्तानीमा रहेको अल-इत्तिहादले साउदी प्रो लिगको उपाधि जितेको छ । बिहीबार भएको खेलमा अल-राइडलाई ३-१ ले पराजित गर्दै इत्तिहादले दुई खेल अगावै उपाधि आत्मसाथ गरेकाे हाे ।

पहिलो हाफमा एक गोलले पछि परे पनि अल-इत्तिहादले उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण जित हासिल गर्न सफल भयाे । २१औं मिनेटमा स्टिभन बर्ग्विनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि पहिलो हाफको अन्त्यतिर डानिलो परेराले हेडरमार्फत गोल गर्दै अल-इत्तिहादलाई अग्रता दिलाए।

दोस्रो हाफ सुरु भएको दुई मिनेटमै अब्दुल रहमान अल-ओबोडले अल-इत्तिहादका लागि तेस्रो गोल गर्दै महत्वपूर्ण जित दिलाए । यस जितसँगै अल-इत्तिहादले ३२ खेलबाट ७७ अंक जोडेको छ, जुन दोस्रो स्थानमा रहेको अल-हिलालको भन्दा ९ अंकले बढी हो।

लाउरेन्ट ब्लान्कको प्रशिक्षणमा रहेको अल-इत्तिहादले १०औं लिग उपाधि जितेकाे छ । याे सन् २०२३ पछि पहिलो उपाधि हो।

इत्तिहादसँग यस सिजनमा अर्को उपाधि जित्ने अवसर पनि छ। अल-ले मे ३० मा किंग कपको फाइनलमा अल-कादसियासँग प्रतिस्पर्धा गर्दैछ ।

Skip This
Skip This
Logo