काठमाडौँ
सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग ) को तयारीलाई तीव्रता दिएको छ । आइतबार बसेको १३ औं साग तयारी तथा व्यवस्थापन समितिको बैठकले प्रतियोगिताको कामलाई तीव्रता दिइएको जानकारी गराएको हो ।
बैठकपछि संचारकर्मीसँग युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले प्रतियोगिताको तयारीको कामलाई तीव्रता दिइएको जानकारी दिए ।
उनले भुकम्पले संरचना भत्काएपछि तयारीको काममा केही ढिलाइ हुन गएको पनि प्रष्टिकरण दिए । सन् ०१९ मार्चमा नेपालमा आयोजना हुने प्रतियोगिताको तयारीका लागि प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा उच्च स्तरीय अनुगमन तथा व्यवस्थापन समिति र युवा तथा खेलकुद मन्त्री विश्वकर्माको अध्यक्षतामा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया