नेपालद्वारा पाकिस्तानमाथि गोलको वर्षा

नेपालद्वारा पाकिस्तानमाथि गोलको वर्षा

केन्द्रबिन्दु
0
Shares

थाइल्याण्डमा जारी एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत आइतबार नेपालले पाकिस्तानलाई ९-० को फराकिलो अन्तरले जित हात पारेको छ। यो जितसंगै नेपाल नेपाल यु १९ एएफसी कपको छनोट नजिक पुगेको छ।

नेपालले पहिलो खेलमा थाईल्यान्डसँग ३-० को पराजय बेहोरे पनि दोस्रो खेलमा भारतलाई २-० ले हराउँदै छनोटको आशा कायमै राखेको थियो । आजै हुने अर्को खेलमा थाईल्यान्डले भारतलाई हराए नेपाल अन्तिम चरणमा छनोट हुनेछ। यदि भारतले थाइल्याण्डलाई हराए पनि भारत र नेपालको अंक बराबर भएको अवस्थामा हेड टु हेडको आधारमा भारतभन्दा नेपाल अगाडि हुनेछ।

अघिल्लो महिना भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई १२-० ले पराजित गरेको थियो ।

Skip This
Skip This
Logo