रियल बेटिसमाथि एट्लेटिको मड्रिडको शानदार जित

रियल बेटिसमाथि एट्लेटिको मड्रिडको शानदार जित

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको मड्रिडले रियल बेटिसमाथि शानदार जित दर्ता गरेको छ । गएराति भएको खेलमा एट्लेटिकोले रियल बेटिसलाई ४-१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

खेलको १०औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा रोबिन ले नर्मन्डले गोल थप्दै एटलेटिकोको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ६७औँ मिनेटमा रियल बेटिसका लागि पाब्लो फोर्नल्सले गोल गर्दै गोल अन्तर कम गरे । तर, एट्लेटिकोले आक्रामक खेल जारी राख्यो। खेलको ७५औँ मिनेटमा जुलियन अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ३-१ को अग्रता दिलाए। खेलको अन्तिम मिनेटमा एन्जल कोरेआले गोल गर्दै ४-१ ले जित सुनिश्चित गरे।

घरेलु मैदानमा एट्लेटिकोले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ। यद्यपी उपाधि भने बार्सिलोनाले जितिसकेको छ ।

Logo