काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत आयोजक थाइल्याण्डले नेपालसामू विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको थाइल्याण्डले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर १५८ रन बनाएको हो । थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५०, ओपनर नताया बूचाथामले पनि ५०, अफिसरा सुवानचोनराथीले २९ र नाथाकम चान्थमले १४ रन जोडे ।
नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १–१ विकेट लिए ।
नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेको छन् । आजको खेल जिते नेपाल च्याम्पियन बन्नेछ । तर नेपालले हालसम्म थाइल्याण्डलाई हराउन सकेको छैन ।































प्रतिक्रिया