पोखरामा जारी पोखरा प्रीमियर लिग अन्तर्गत आज भएको पहिलो खेलमा बुटवल ब्लास्टरले चितवनबिरुद्ध शानदार जित हात पारेको छ। सोमपाल कामिको टिम बुटवल ब्लास्टरले पारस खड्काको टिम चितवन् राईनोजलाई ७० रनले पराजित गरेको हो ।
चितवन राईनोज १६.५ ओभर भित्र ६५ रनमा अलआउट हुन पुग्यो । चितवनका लागि भुवन कार्की को १९ रन नै सर्बाधिक हुन पुग्यो । सुरुवातदेखि नै खराव प्रदर्शन गरेको चितवनको त्यो क्रम जारी नै रहयो । ओपनर सहित ३ ब्याट्सम्यानले खाता खोल्न समेत सकेनन । कप्तान पारस खडका ले १० रन बनाए भने शनि पटेल र शक्ति गौचनले समान ९/९ रन बनाए ।
बुटवललाई शानदार जित दिलाउन कप्तान सोमपाल कामीले सर्बाधिक ४ बिकेट लिएका थिए भने ललितले २ बिकेट हात पारे । टस हारेर ब्याटिंग गरेको बुटवलले चितवनलाई १३६ रनको लक्ष्य दिएको दिएको थियो । बुटवल ब्लास्टरले निर्धारित पुरै २० ओभर खेल्दै ६ बिकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो ।
बुटवलको लागि शंकर राणाले सर्बाधिक ४८ रन बनाए भने सागर पुनले ४६ रन जोडे । त्यस्तै सिद्दान्त लोहनी १७ रनमा नट आउट रहंदा चिराग सुरी १, रोहण मुस्ताफा ०, भुवन सार्की २ तथा सोमपाल कामी ७ रनमा आउट भए । बलिंग तर्फ करन केसीले २ तथा राम नरेश गिरि र शक्ति गौचनले समान १-१ विकेट लिए ।
आजै काठमाडौँ रोएल्स र धनगढी ब्लुजबीच खेल हुनेछ।हिजोदेखि शुरु भएको खेलमा शरद भेषावकरको कप्तानीमा रहेको पोखराले सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो ।
६ टिम सहभागी खेलको विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।





























प्रतिक्रिया