शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान

शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । शुभमन गिल भारतको नयाँ टेस्ट कप्तान बनेका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शनिबार आगामी इङ्गल्याण्ड विरुद्धको पाँच टेस्ट श्रृंखलाका लागि गिललाई भारतको नयाँ टेस्ट कप्तान नियुक्त गरेको हाे । यो श्रृंखला जुन २० बाट सुरु हुँदैछ।

१८ सदस्यीय टोलीमा ऋषभ पन्तलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । यसअघि बोर्डर-गावस्कर ट्रफीमा उपकप्तान रहेका र रोहित शर्मा अनुपस्थित हुँदा दुई टेस्टमा कप्तानी गरेका जसप्रित बुमराहलाई भने यसपटक उपकप्तानको जिम्मेवारी दिइएन।

रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि नयाँ कप्तानको आवश्यकता परेको थियो। त्‍यसपछि बिसीसीआईले गिललाई कप्तान बनाएकाे हाे । २५ वर्षीय गिल भारतका दोस्रो कान्छा टेस्ट कप्तान हुन्।

Skip This
Skip This
Logo