रोनाल्डोले अल-नासर छाड्न लागेका हुन् ?

रोनाल्डोले अल-नासर छाड्न लागेका हुन् ?

केन्द्रबिन्दु
54
Shares

काठमाडाैं । पोर्चुगाली सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोकाे साउदी क्लब अल-नासरसँगको भविष्यबारे विभिन्न अनुमान गर्न थालिएकाे छ ।

२०२४/२०२५ सिजनमा घरेलु र महादेशीय दुवै स्तरमा कुनै उपाधि नजिती समाप्त भएपछि उनले आगामी यात्रालाई निरन्तरता नदिने सम्भावनाबारे सङ्केत गरेका छन्।

अल-नासरले यस सिजन कुनै उपाधि जित्न सकेन। साउदी लिगको अन्तिम राउन्डमा अल-फतेहसँग ३-२ गोलले पराजित हुँदै यात्रा समाप्त गर्‍याे, ४० वर्षीय रोनाल्डोले नै सुरुवाती गोल गरेपनि पराजित भए । जसले गर्दा एएफसी च्याम्पियन्स लिगमा छनोट हुने मौका पनि गुमायाे ।

अल-नासरसँग रोनाल्डोको सम्झौता जुन २०२५ मा समाप्त हुँदैछ । यद्यपि, सञ्चारमाध्यमहरूले उनले क्लब व्यवस्थापनसँग टोलीमा रहने बारे प्रारम्भिक सम्झौतामा पुगेको सङ्केत गरे पनि, उनले आफ्नो सम्झौता नवीकरण गर्नेबारे अन्तिम निर्णय अझै घोषणा गरेका छैनन्।

साउदी अरेबियामा विगत दुई लिग अभियानमा उनी शीर्ष गोलकर्ताको रूपमा रहेका छन् । यस सिजन २४ गोल गरे तर उनको टोलीले कुनै पनि ट्रफी जित्न सकेन।

Logo