काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दक्षिण अफ्रिकी पूर्व क्रिकेटर तथा अनुभवी प्रशिक्षक निक पोथासलाई स्कटल्याण्ड भ्रमणका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको कन्सल्टेन्ट कोच नियुक्त गरेको छ।
पोथासले यसअघि श्रीलंका र वेस्ट इन्डिजजस्ता टेस्ट खेल्ने राष्ट्रहरूको मुख्य प्रशिक्षकका साथै बंगलादेशको सहायक प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेका छन्। उनको अनुभवले नेपाली टोलीलाई स्कटल्याण्ड भ्रमणमा विशेष गरी एकदिवसीय खेलहरूका लागि महत्वपूर्ण रणनीतिक र प्राविधिक सहयोग पुग्ने अपेक्षा गरिएको छ।
क्यानले यस नियुक्तिमार्फत टोलीको प्रदर्शनमा सुधार ल्याउने र अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखेको छ । पोथासले छोटो अवधिको लागि टोलीलाई मार्गदर्शन गर्नेछन्।
लिग टु का चौथो राउण्डमा नेपालले जुन २ देखि घरेलु टोली स्कटल्याण्ड र नेदरल्याण्ड्सको सामना गर्दैछ ।





























प्रतिक्रिया