प्रधानमन्त्री कप फाइनल : आर्मीविरुद्ध बलिङ गर्दै एपिएफ

प्रधानमन्त्री कप फाइनल : आर्मीविरुद्ध बलिङ गर्दै एपिएफ

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल एपिएफ क्लबले पहिला बलिङ गरिरहेकाे छ ।

टियु क्रिकेट मैदानमा एपिएफका कप्तान शरद भेषावकरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । आर्मीले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । एपिएफले टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर सूर्य तामाङको स्थानमा तीव्र गतिका बलर किशोर महतोलाई मौका दिएको छ ।

एपिएफ समूह ए बाट विजेता र आर्मी उपविजेताको रुपमा फाइनलमा प्रवेश गरेका थिए । समूह चरणको खेलमा एपिएफले आर्मीलाई ६ रनले हराएको थियो ।

Logo