बेङ्गलोरकाे क्रिकेट र्‍यालीमा भागदौड मच्चिँदा ११ जनाको मृत्यु, दर्जनौं घाइते

बेङ्गलोरकाे क्रिकेट र्‍यालीमा भागदौड मच्चिँदा ११ जनाको मृत्यु, दर्जनौं घाइते

केन्द्रबिन्दु
72
Shares

काठमाडाैं । भारतको बेङ्गलोरस्थित एउटा क्रिकेट स्टेडियम बाहिर भएको भागदौडमा ११ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्।

इण्डियन प्रिमियर लिग (आईपीएल)काे उपाधि विजेता रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी) लाई स्वागत गर्न बुधवार हजारौं मानिसहरू सडकमा भेला भएका थिए । तर, सुरक्षाकर्मीहरुले थेग्न नसक्दा याे झडप भएकाे हाे ।

स्टेडियमका ढोकाहरू “खुलेका पनि थिएनन्, तर एउटा सानो गेटबाट धेरै मानिसहरू भित्र पस्न खोज्दा भागदौड मच्चियो,” एक अधिकारीले भने।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले “बेङ्गलोरमा भएको दुर्घटना हृदयविदारक छ” भन्दै “आफ्ना प्रियजन गुमाएका सबैप्रति मेरो समवेदना छ” भनेका छन्।

Logo