नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्याण्ड्सले टस जितेर पहिले बलिङ गर्ने भएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

नेपाल आज जित दर्ता गर्दै सिरिजको सुखद् अन्त्य गर्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ५ विकेटको जित निकालेको थियो । हालसम्म सिरिजमा ३ खेल खेलेको नेपालले स्कटल्याण्डसँगको पहिलो खेल जित्दा आइतबार भने २ रनको हार व्यहोरेको थियो । यता नेदरल्याण्ड्स भने सिरिजमा जितविहीन छ ।

Skip This
Skip This
Logo