काठमाडौं

साफ यु - १८ महिला च्याम्पियनसिपमा सहभागिता जनाएको नेपाली टोली स्वदेश फर्किएको छ । "/>

महिला यु-१८ फुटबल टोली स्वदेश फिर्ता : खेलाडीलाई जनही ५० हजार दिइने

महिला यु-१८ फुटबल टोली स्वदेश फिर्ता : खेलाडीलाई जनही ५० हजार दिइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

साफ यु – १८ महिला च्याम्पियनसिपमा सहभागिता जनाएको नेपाली टोली स्वदेश फर्किएको छ । भुटानमा भएको प्रतियोगितामा नेपाल बंगलादेशसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भएको थियो । नेपाल फाइनलमा बंगलादेशसँग १-० गोलले पराजित भएको थियो । सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फा पदाधिकारीहरुले स्वागत गरेका थिए । यसअघि एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा बसेको आकस्मिक कार्यसमितिको बैठकले उपविजेता टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
नागरिकबाट

Logo