स्कटल्याण्डमा हुने टी२० आई सिरिजका लागि नेपाली टोलीको घोषणा

स्कटल्याण्डमा हुने टी२० आई सिरिजका लागि नेपाली टोलीको घोषणा

केन्द्रबिन्दु
234
Shares

काठमाडौं । आइतबारदेखि स्कटल्याण्डमा हुने टी २० आई सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल के साह, भिम शर्की, बसिर अहमद, सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी, नन्दन यादव, आरिफ शेख, लोकेश बम, रुपेश के सिंह, रिजन ढकाल र किरण ठगुन्ना रहेका छन् ।

चोटका कारण सोमपाल कामी र गुल्सन झा टिम यसअघि नै टोलीबाट बाहिरिसकेका छन् ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको स्कटल्याण्ड सिरिज पछि नेपालीले यो टी २० आई सिरिज खेल्न लागेको हो ।

Skip This
Skip This
Logo