काठमाडौं । नेपालले त्रिदेशीय टी २०आई सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा आज स्कटल्याण्डको सामना गर्दैछ ।
खेल स्कटल्याण्डको ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।
नेपालले स्कटल्याण्डसँग टी-२० फर्म्याटमा १२ वर्षपछि खेल्न लागेको हो । यसअघि सन् २०१३ को टी-२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।
स्कटल्याण्डको त्यसबेलाको टोलीबाट माइकल लिस्क र सफिया शरिफ अहिले पनि टोलीमा छन् । तर, नेपालका कुनै खेलाडी छैनन् । टी-२०आईमा भने यो पहिलो भेट हाे । सोमबार राति भएको सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पुगेर पराजित भएको थियो ।
त्यसकारण आगामी यात्राका लागि नेपाललाई आजको जित निकै महत्वपूर्ण छ । तर, यता स्कटल्याण्ड लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।































प्रतिक्रिया