काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले आज तेस्रो खेलमा नेदरल्याण्ड्ससँग खेल्दैछ ।
खेल बिहीबार साँझ ७ः४५ देखि तितवुड मैदानमा सुरु हुनेछ ।
नेपाल यो खेलमा जित हात पार्न चाहन्छ । किनभने नेपालको सिरिज जित्ने सम्भावनामा यो खेल निर्णायक बन्न सक्छ । साथै यसअघि पहिलो खेलमा नेपालले ऐतिहासिक तेस्रो सुपर ओभरमा पुगेर व्यहोरेको हारको बदला पनि लिने मौका छ ।
१५३ रनको लक्ष्य पछ्याउँदै नेपालले अन्तिम ओभरसम्म संघर्ष गर्दा खेल सुपर ओभरमा धकेलियो । तर, तेस्रो सुपर ओभर चुक्दा डच टोलीसँग नेपाल स्तब्ध पुगेको हो ।
नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म १४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । तीमध्ये डच टोलीले आठ र नेपालले पाँच खेल जितेको छ । यी दुई टिमबीचको एउटा खेल भने रद्द भएको इतिहास छ ।































प्रतिक्रिया