काठमाडौं । विश्व फुटबलका सुपर स्टार लियोनल मेस्सीको उत्कृष्ट गोलमा इन्टर मियामीले फिफा क्लब विश्वकपमा पहिलो जित दर्ता गरेको छ ।
आज बिहान सम्पन्न समूह ए को रोमाञ्चक खेलमा मियामीले पोर्चुगिज क्लब एफसी पोर्टोलाई २-१ ले पराजित गरेको हो । खेलको आठौं मिनेटमा सामु अघेहोवाले पेनाल्टीमार्फत गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए। तर, इन्टर मियामीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। खेलको ४७ औं मिनेटमा टेलास्को सेगोभियाले बराबरी गोल फर्काए।
यसैगरी मेस्सीले ५४ औं मिनेटमा डिबक्स बाहिरबाट नै उत्कृष्ट निर्णायक गोल गरे। उनको गोलले इन्टर मियामीलाई महत्वपूर्ण जित दिलायो। यसअघि पहिलो खेलमा बराबरी खेलेको थियो ।































प्रतिक्रिया