एट्लेटिको म्याड्रिडकाे जित

एट्लेटिको म्याड्रिडकाे जित

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । एट्लेटिको म्याड्रिडले फिफा क्लब विश्वकपमा जित हात पारेकाे छ । आज बिहान भएकाे समूह ‘बी’ को खेलमा सिएटल साउन्डर्समाथि ३-१ को प्रभावशाली जित दर्ता गरेको हाे ।

खेलको ११ औं मिनेटमा पाब्लो ब्यारियोसले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए। स्पेनिस महारथीले दोस्रो हाफको सुरुवातमै आफ्नो अग्रता फराकिलो बनायो, जहाँ एक्सल विट्सेलले ४७ औं मिनेटमा गोल गरे।

सिएटल साउन्डर्सले ५० औं मिनेटमा अल्बर्ट रुस्नाकको गोलमार्फत एक गोल फर्काउँदै केही आशा जगाए पनि, पाब्लो ब्यारियोसले ५५ औं मिनेटमा आफ्नो दोस्रो गोल गर्दै एट्लेटिलाई जित दिलाएका हुन् ।

Logo