बलात्कार गरेको आरोप लागेपछि पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट निष्कासन गरेको छ । "/>

बलात्कारको आरोपपछि रोनाल्डो राष्ट्रिय फुटबल टिमबाट निष्कासित

बलात्कारको आरोपपछि रोनाल्डो राष्ट्रिय फुटबल टिमबाट निष्कासित

केन्द्रबिन्दु
0
Shares

बलात्कार गरेको आरोप लागेपछि पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट निष्कासन गरेको छ । रोनाल्डोमाथी अमेरिकन युवतीको बलात्कार गरेको आरोप लागेको हो ।

उनले ११ अक्टोबरमा पोल्यान्डमा हुने युईएफए नेशन्स लिगको खेल र १४ अक्टोबरमा हुने मैत्रीपूर्ण म्याच नखेल्ने पनि बताईसकेका छन् । रोनाल्डोले आफूमाथि लगाएको आरोप झुटो भएको प्रतिक्रिया दिएका छन् । रोनाल्डोले सामाजिक संजाल इन्स्टाग्राममा आफ्नो नाम जोडेर चर्चामा आउनको लागी आफूमाथि बलात्कारको आरोप लगाईएको दाबी गरेका छन् । 

उनले भनेका छन, ‘उनीहरु मेरो नाम जोडेर आफुलाई प्रख्यात बनाउन चाहन्छन् । यो सामान्य विषय हो ।’ रोनाल्डोका वकिलहरुले पनि झुटो समाचार फैलाएर रोनाल्डोमाथि आरोप लगाएको भन्दै जर्मनीको डेर स्पिगेलमाथि कानुनी कारवाही अगाडी बढाएका छन् । वकिलहरुले उक्त सबै घटना झुटो भएको र रोनाल्डोको अस्मितामा आँच पुर्याउन यो कदम चालेको भन्दै मुद्दा चलाउन लागेका हुन् । 

रोनाल्डोमाथि सन् २००९ मा लस भेगासको एक होटलको ३४ बर्षिया अमेरिकन महिलालाई बलात्कार गरेको आरेप लागेको छ । कोठामा बलात्कार गरेको र उक्त कुरालाई गुपचुप राख्न रानाल्डोले त्यतिखेर महिलालाई ३ लाख पचहत्तर डलर दिएको ती महिलाले आरोप लगाएकी छिन् ।

Skip This
Skip This
Logo