काठमाडाैं । ब्राजिलियन क्लब फ्लुमिनेन्सेले फिफा क्लब विश्वकपमा प्रभावशाली जित हासिल गरेको छ। आज बिहान सम्पन्न समूह चरणको खेलमा फ्लुमिनेन्सेले दक्षिण कोरियाको क्लब उलसानलाई ४-२ ले पराजित गरेकाे हाे ।
खेलमा फ्लुमिनेन्सेका लागि २७ औं मिनेटमा जोन एरियासले गोल गर्दै अग्रता दिलाएका थिए। तर, ३७ औं मिनेटमा ली जिन-ह्युनले उलसानका लागि बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा उम वन-साङले गोल गरेपछि उलसानले अग्रता लियो।
दोस्रो हाफमा फ्लुमिनेन्सेले उत्कृष्ट प्रदर्शन गर्यो। ६६ औं मिनेटमा नोनाटोले बराबरी गोल फर्काए भने ८३ औं मिनेटमा जुआन पाब्लो फ्रेइतेसले गोल गर्दै फ्लुमिनेन्सेलाई पुनः अग्रता दिलाए । खेलको इन्जुरी समयमा केनोले गोल गर्दै फ्लुमिनेन्सेकाे ४-२ को जित सुनिश्चित गरे ।































प्रतिक्रिया