काठमाडाैं । इटालियन क्लब इन्टर मिलानले फिफा क्लब विश्वकपमा पुनरागमन जित दर्ता गरेकाे छ । समूह ‘ई’ अन्तर्गतको यो दोस्रो खेलमा इन्टरले जापानको उरावा रेड्सलाई २-१ गोल अन्तरले पराजित गरेको हाे ।
खेलको सुरुवातमा भने उरावा रेड्सले अग्रता लिएको थियो । खेलको ११औं मिनेटमा रयोमा वातानाबेले गोल गर्दै उरावालाई १-० को अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफमा इन्टरले पुनरागमन गर्न सफल भयाे । खेलको ७८औं मिनेटमा स्टार फरवार्ड लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरका लागि बराबरी गोल फर्काए। त्यसपछि इन्जुरी समयमा युवा खेलाडी भ्यालेन्टिन कार्बोनीले गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए।































प्रतिक्रिया