रियल म्याड्रिडकाे सहज जित

रियल म्याड्रिडकाे सहज जित

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । स्पेनिस महारथि क्लब रियल म्याड्रिडले फिफा क्लब विश्वकपमा मेक्सिकन क्लब पाचुकामाथि सहज जित दर्ता गरेको छ ।

समूह एच अन्तर्गतको दोस्रो खेलमा रियलले पाचुकालाई ३-१ गोलअन्तरले हराएको हो । खेलको सुरुवात रियल म्याड्रिडका लागि सुखद रहेन। खेलको मात्र सातौं मिनेटमा डिफेन्डर राउल असेन्सियोले सोलोमन रोन्डोनलाई पेनाल्टी क्षेत्र बाहिर लडाएपछि सिधा रातो कार्ड पाएका थिए। यससँगै रियल १० खेलाडीमा सिमित भएको थियो।

तर, म्याड्रिडले उत्कृष्ट प्रदर्शन जारी राख्याे ।खेलको ३५ औं मिनेटमा जुड बेलिङ्घमले फ्रान गार्सियाको पासमा सुन्दर फिनिस गर्दै गोल गरे। त्यसपछि ४३ औं मिनेटमा अर्डा गुलरले ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्ड र गोन्जालो गार्सियाको उत्कृष्ट तालमेलमा गोल गर्दै रियल म्याड्रिडलाई २-० को अग्रता दिलाए।

खेलको ७० औं मिनेटमा फेडरिको भालभर्देले उत्कृष्ट गोल गर्दै रियललाई जित नजिक पुर्याए । यद्यपि, पाचुकाले ८० औं मिनेटमा सान्त्वना गोल फर्काउन सफल भए ।

यो जित रियल म्याड्रिडका लागि जारी प्रतियोगितामा पहिलो हो, र नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा पनि यो पहिलो विजय हो।

Skip This
Skip This
Logo