काठमाडौं । आईसीसी टी –२० विश्वकप अन्तर्गत एसिया उप–क्षेत्रीय छनौटमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको म्यानमार १० ओभरमा अल आउट हुँदै जम्मा २९ रन जोडेको थियो । ३० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३ ओभरमा २ विकेटको क्षतिमा तार्गेट पुरा गरेको हो ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए । २ ओभर बलिङ गरेका सन्दीपले ४ विकेट लिँदा ३ रन दिएका थिए । यसैगरी ललित नारायण राजवंशीले ३ ओभर बलिङ गदै ३ रन खर्चिएर ३ विकेट लिएका थिए ।
ललित भण्डारी र करन केसीले एक–एक विकेट लिए । नेपालले स्कोरबोर्डमा रन नजोड्दै ओपनर प्रदिप ऐरीलाई गुमायो । उनले खाता समेत खोल्न सकेनन । त्यसपछि अनिलकुमार शाह पनि ११ रनमा आउट भए । १२ रनमा दोस्रो विकेट खेर फालेको नेपालका लागि करण केसीले अविजीत १४ रन बनाउदा नेपालले सहज जित हात पार्यो।





























प्रतिक्रिया