काठमाडौं । बंगलादेशमा जारी यू-१९ एसिया कपमा नेपालले सान्त्वना जित हात पारेको छ । लगातार २ खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको नेपालले तेस्रो खेलमा सान्तवना जित हात पारेको हो । समूहको अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गरेको हो।
नेपालको जितमा रोहित कुमार पौडेल र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे । टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २६८ रन बनाएको थियो । नेपालले ५ बल अगावै ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। नेपालको जितमा रोहितले सर्वाधिक ९२ रन बनाए भने सन्दीपले ६७ रन जोडे ।































प्रतिक्रिया