क्यानको कार्यशैलीप्रति आठ बोर्ड सदस्यकाे असन्तुष्टि

क्यानको कार्यशैलीप्रति आठ बोर्ड सदस्यकाे असन्तुष्टि

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यानको कार्यशैलीप्रति उपाध्यक्ष रोशनसिंहसहित आठ बोर्ड सदस्यले असन्तुष्टि जनाएका छन् ।

क्यानका उपाध्यक्ष रोशनसिंहसहित आठ बोर्ड सदस्यले क्यानको वर्तमान कार्यशैली, पारदर्शिता र निर्णय प्रक्रिया विषयमा ध्यानाकर्षण जनाएका हुन् । ध्यानाकर्षण पत्रमा उनीहरूले हालको नेतृत्वद्वारा लिइएका निर्णयहरूमा पारदर्शिता र संस्थागत प्रक्रिया नअपनाइएको, एकल व्यक्ति केन्द्रित निर्णय प्रवृत्ति मौलाएको र सामूहिक निर्णय प्रक्रियाको बेवास्ता गरिएको आरोप लगाएका छन्।

ध्यानाकर्षण गराउनेमा सिंहसहित बोर्ड सदस्य प्रदीप मजगैया, दुर्गाराज पाठक, विक्रम विष्ट, माधव कर्मचार्य, विरेन्द्र चन्द, अर्जुन पौडेल र जयन्ती भट्ट छन् ।

Skip This
Skip This
Logo