काठमाडौं । ब्राजिलियन क्लब फ्लुमिनेन्से समूह एफको उपविजेताका रुपमा फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूहको अन्तिम खेलमा फ्लुमिनेन्से दक्षिण अफ्रिकाको मामे लोडी सनडाउन्ससँग गोलरहित बराबरीमा रोकियो । फ्लोरिडाको मायामीस्थित हार्ड रक स्टेडियममा फ्लुमिनेन्से अधिकांश समय ब्याक फुटमा थियो । तर मामेलोडीले डेडलक तोड्न सकेन ।
उपविजेता बनेको फ्लुमिनेन्सेले तीन खेलबाट ५ अंक जोड्यो । जारी विश्वकपमा, नकआउट चरण पुग्ने फ्लुमिनेन्से चौथो ब्राजिलियन क्लब हो । ब्राजिलका पाल्मारेस, बोटाफो र फ्लामेङगो यसअघि नै अन्तिम १६ मा पुगिसकेका छन् ।































प्रतिक्रिया