बेन्फिकालाई हराउँदै चेल्सी क्लब विश्वकपकाे क्वार्टरफाइनलमा

बेन्फिकालाई हराउँदै चेल्सी क्लब विश्वकपकाे क्वार्टरफाइनलमा

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । राउन्ड अफ १६ अन्तर्गतको खेलमा चेल्सीले बेन्फिकालाई ४-१ गोलअन्तरले पराजित गर्दै अन्तिम ८ मा पुगेकाे हाे ।

पहिलाे हाफ निकै प्रतिस्पर्धात्मक बनेको खेलमा चेल्सीले दोस्रो हाफमा मात्रै अग्रता लिएको थियो। खेलको ६४औँ मिनेटमा रिस जेम्सले गोल गरे । तर निर्धारित समयकाे खेल सकिनै लाग्दा एन्जल डी मारियाले पेनाल्टीमार्फत गोल गर्दै बेन्फिकालाई १-१ को बराबरीमा ल्याएका थिए। यसरी खेल अतिरिक्त समयमा धकेलियो।

अतिरिक्त समयमा चेल्सीले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन गोल गर्न सफल भयो। खेलको १०८औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए। त्यसको लगत्तै ११४औँ मिनेटमा पेड्रो नेटोले गोल गरे भने ११७औँ मिनेटमा कियरन डेसबरी-हलले गोल गर्दै चेल्सीको ४-१ को जित सुनिश्चित गरे।

यस खेलमा बेन्फिकाका जियानलुका प्रेस्टियानीले ९२औँ मिनेटमा रातो कार्ड खाएपछि बेन्फिका १० खेलाडीमा सीमित भएको थियो, जसको फाइदा चेल्सीले अतिरिक्त समयमा उठायाे ।

Logo