यू–१९ एसिया कप: नेपाललाई ३०५ रनको चुनौती

यू–१९ एसिया कप: नेपाललाई ३०५ रनको चुनौती

केन्द्रबिन्दु
0
Shares

बंगलादेशमा जारी यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा भारतले नेपाललाई ३०५ रनको चुनौती दिएको छ । ५० ओभरको खेलमा भारतले ९ विकेटको क्षतिमा ३०४ रन बनाउन सफल भयो ।

भारतका लागि यशस्वी जैसवालले सर्वाधिक १०४ रन बनाए । त्यसैगरी प्राभ सिमरन सि‌हले ६१ बलमा ८२ रन बनाए । नेपालका भीम सार्कीले महत्वपूर्ण ४ विकेट लिए । त्यसैगरी रसिद खानले २ विकेट हात पारे । कमल सि‌ह एेरी, सन्दिप झोरा र सागर ढकालले समान १-१ विकेट लिए ।

अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ । नेपाल र भारत यू–१९ एकदिवसीयमा अहिलेसम्म सात पटक भिडेकोमा ६ खेल भारतले जितेको छ भने एक खेलमा नेपाल विजयी भएको छ ।

Skip This
Skip This
Logo