इन्टर मिलानलाई हराउँदै ब्राजिलियन क्लब फ्लुमिनेन्से क्वार्टरफाइनलमा

इन्टर मिलानलाई हराउँदै ब्राजिलियन क्लब फ्लुमिनेन्से क्वार्टरफाइनलमा

केन्द्रबिन्दु
117
Shares

काठमाडौं । ब्राजिलियन क्लब फ्लुमिनेन्से फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । राउन्ड अफ १६ अन्तर्गत आज भएको खेलमा इटालियन महारथी इन्टर मिलानमाथि २-० को प्रभावशाली जित हासिल गर्दै फ्लुमिनेन्सेले अन्तिम ८ मा स्थान पक्का गरेकाे हाे ।

खेलको सुरुवातदेखि नै फ्लुमिनेन्सेले उत्कृष्ट प्रदर्शन गर्‍यो। खेलको तेस्रो मिनेटमै स्ट्राइकर जर्मन कानोले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। इन्टरले खेलमा फर्कने प्रयास गरे पनि फ्लुमिनेन्सेको बलियो रक्षापंक्तिले सबै आक्रमणलाई विफल पारिदियो।

खेलको अन्तिमतिर फ्लुमिनेन्सेले आफ्नो जित सुनिश्चित गर्‍यो। निर्धारित ९० मिनेटको अतिरिक्त समयमा हर्क्युलसले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। यस गोलसँगै इन्टरको प्रतियोगितामा फर्कने झिनो आशा पनि समाप्त भयो र प्रतियोगिताबाट बाहिरिएकाे छ ।

Skip This
Skip This
Logo