रियल म्याड्रिड फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा, युभेन्टस बाहिरियाे

रियल म्याड्रिड फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा, युभेन्टस बाहिरियाे

केन्द्रबिन्दु
123
Shares

काठमाडौं । स्पेनिस महारथी रियल म्याड्रिड फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ । राउन्ड अफ १६ अन्तर्गत आज बिहान भएको खेलमा रियलले इटालियन क्लब युभेन्टसलाई १-० ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेकाे हाे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्। ५४ औं मिनेटमा युभेन्टसको डिफेन्सलाई चिर्दै रियलका लागि युवा खेलाडी गोन्जालो गार्सियाले खेलको ५४ औं मिनेटमा गरेको निर्णायक गोल नै टोलीलाई जित दिलाउन पर्याप्त रह्यो। खेलको अधिकांश समय दुवै टोलीले कडा प्रतिस्पर्धा प्रस्तुत गरे पनि फिनिसिङमा रियल म्याड्रिड हावी भएको थियो।

युभेन्टस भने प्रतियोगिताबाट बाहिरिएको छ।

Skip This
Skip This
Logo