काठमाडौं । घरेलु टोली इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा भारत बलियो देखिएको छ । भारतले पहिलो पारीमा ५८७ रन बनाएपछि जवाफी ब्याटिङ थालेको इंग्ल्याण्ड ७७-३ को कठिन अवस्थामा पुगेको हो ।
युवा कप्तान शुभमन गिलले २६९ रन बनाउँदै नयाँ कीर्तिनानी रचे । दोस्रो दिनमा ११४ रनबाट ब्याटिङ थालेका गिलले रविन्द्र जडेजासँग २०३ रनको साझेदारी गरे। जडेजा ८९ रनमा आउट भएपछि गिलले वाशिंगटन सुन्दरसँग १४४ रनको साझेदारी गर्दै भारतको अग्रता मजबुत बनाए।
गिलको २६९ रन टेस्टमा भारतीय कप्तानले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो। यसअघि यो रेकर्ड विराट कोहलीको नाममा थियो, जसले सन् २०१९ मा पुणेमा दक्षिण अफ्रिकाविरुद्ध अविजित २५४ रन बनाएका थिए। गिलले कोहलीको यो कीर्तिमानलाई पछि पारेका छन्।
एशिया बाहिर कुनै पनि भारतीय ब्याट्सम्यानले टेस्टमा बनाएको याे सर्वाधिक स्कोर पनि हो। यसअघि यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो, जसले सन् २००४ मा सिड्नी क्रिकेट ग्राउन्डमा अविजित २४१ रन बनाएका थिए।
कुल अवे टेस्ट स्कोरको सन्दर्भमा, गिलको २६९ रन भारतीय ब्याट्सम्यानहरूमध्ये तेस्रो-सर्वाधिक हो। यसभन्दा अगाडि वीरेन्द्र सेहवागको मुल्तानमा बनाएको ३०९ रन र राहुल द्रविडको रावलपिण्डीमा बनाएको २७० रन (दुवै २००४ को पाकिस्तान भ्रमणमा) रहेका छन्।
गिलभन्दा पहिले इङ्गल्याण्डमा टेस्टमा दुई भारतीय ब्याट्सम्यानले मात्र दोहोरो शतक बनाएका थिए – सन् १९७९ मा सुनील गावस्करले ओभलमा २२१ र सन् २००२ मा राहुल द्रविडले ओभलमा २१७ रन । गिल तेस्रो भारतीय ब्याट्सम्यान हुन् जसले इङ्गल्याण्डको भूमिमा यो उपलब्धि हासिल गरेका छन्।
अर्काे, गिलको २६९ रन टेस्ट क्रिकेटमा भारतका लागि बनेको सातौं सर्वाधिक व्यक्तिगत स्कोर हो।
गिलभन्दा अगाडि एजब्यास्टनमा टेस्टमा दुई विदेशी ब्याट्सम्यानले मात्र दोहोरो शतक बनाएका थिए, जसमा सन् २००३ मा ग्राहम स्मिथले २७७ रन र सन् १९७१ मा जाहिर अब्बासले २७४ रन जाेडेका थिए । गिलको २६९ रन इङ्गल्याण्डमा विदेशी ब्याट्सम्यानले बनाएको आठौं सर्वाधिक स्कोर हो।
गिल टेस्ट र एकदिवसीय दुवै ढाँचामा दोहोरो शतक बनाउने विश्वका पाँचौं ब्याट्सम्यान पनि बनेका छन्। यस सूचीमा सचिन तेन्दुलकर, वीरेन्द्र सेहवाग, रोहित शर्मा, र क्रिस गेल (वेस्ट इन्डिज) रहेका छन् ।
प्रतिद्वन्द्वीले पहिले ब्याटिङ गर्न दिएपछि गिलको २६९ रन टेस्टमा बनेको चौथो सर्वाधिक स्कोर हो, जुन भारतका लागि भने सबैभन्दा उच्च हो।
पुच्छरका ब्याट्सम्यानको साथमा कीर्तिमानी साझेदारी: नितिश रेड्डीको विकेट पतनपछि भारतले ३७६ रन जोडेको थियो, जुन टेस्ट इनिङ्समा अन्तिम पाँच विकेटका लागि भारतले जोडेको सर्वाधिक रन हो।































प्रतिक्रिया