काठमाडौं । रियल म्याड्रिड फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। रियलले क्वार्टरफाइनल खेलमा डर्टमन्डलाई ३-२ गोलले पराजित गरेको हाे ।
खेलको सुरुवातमै रियल म्याड्रिडले अग्रता लिएको थियो। गोन्जालो गार्सियाले खेलको १०औं मिनेटमा पहिलो गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेटपछि नै फ्रान गार्सियाले २०औं मिनेटमा अर्को गोल थप्दै रियलको अग्रता २-० मा पुर्याए।
दोस्रो हाफको अन्त्यतिर खेल रोमाञ्चक मोडमा पुग्यो। डर्टमन्डले इन्जुरी समयमा दुई गोल फर्काएर खेलमा फर्कने प्रयास गरेको थियो।
म्याक्सिमिलियन बेयरले ९२औं मिनेटमा डर्टमन्डका लागि पहिलो गोल गरे। तर, किलियन एम्बाप्पेले ९४औं मिनेटमा रियलका लागि तेस्रो गोल गरे। त्यसपछि, सेरहोउ गुइरासीले ९८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपनि रियल ३-२ विजयी बन्याे ।































प्रतिक्रिया