सुशील रावलको अपील- मलाई अभिनन्दन होइन, आर्थिक सहयोग चाहिएको छ

सुशील रावलको अपील- मलाई अभिनन्दन होइन, आर्थिक सहयोग चाहिएको छ

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । मलेसियामा हालै सम्पन्न एसिसी यु-१६ इष्ट जोन कप क्रिकेटको उपाधि सफल नेपाली क्रिकेट टोलीका सदस्य सुशील रावलले सम्मान र अभिनन्दनभन्दा तत्काल आर्थिक सहयोगको आवश्यकता रहेको बताएका छन्।

आज दिउँसो २ बजे काठमाडौंबाट धनगढी फर्किन लागेका रावलले स्वागतकाे सट्टा आफ्नो भविष्यको क्रिकेट यात्राका लागि सहयोगको याचना गरेका हुन्।

बझाङबाट छनोट भई राष्ट्रिय टोलीमा स्थान बनाएका रावलको स्थायी बसोबास भने कञ्चनपुरको शुक्लाफाँटा ५, गर्जमुनिमा रहेको छ। उनले आफ्नो आर्थिक अवस्था कमजोर रहेको र आगामी दिनमा यु-१९ राष्ट्रिय टोलीको छनोटका लागि भारतमा तालिम गर्न जानुपर्ने भएकाले करिब रु. १ लाख खर्च लाग्ने जानकारी दिएका छन्।

“मलाई सम्मानका रूपमा खादा, माला र प्रमाणपत्रभन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी परेको छ,” रावलले भने, “२-३ महिनापछि यु-१९ राष्ट्रिय टोलीका लागि छनोट हुँदैछ। त्यसका लागि तालिम गर्न भारत जानुपर्छ। करिब १ लाख खर्च लाग्छ, आर्थिक अवस्था कमजोर छ भन्न मलाई गाह्रो छैन। त्यसैले, मलाई सम्मानको खादा, माला र प्रमाणपत्रभन्दा आर्थिक कुरालाई महत्त्व दिइदिनुहोला।”

Logo