साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु हुँदैछ ।

नेपालले आज भुटानसँग खेल्दै साफ यु–२० महिला च्याम्पियनसिपको सुरुआत गर्दैछ । खेल बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार ६ः१५ बजे हुनेछ ।

यो नेपाल र भुटानको एकखापसमा दास्रो भेट हो  । दुई वर्षअघि बंगलादेशमै भएको प्रतियोगितामा भुटानमाथि नेपालले ४–० को एकतर्फी जित हासिल गरेको थियो।

त्यसअघि आज दिउँसो ३ बजे बंगलादेश र श्रीलंका आमने सामने हुँदैछन्।

बङ्गलादेशको ढाकामा जुलाई ११ देखि २१ सम्म हुने च्याम्पियनसिपमा यस पटक चार राष्ट्र सहभागी छन्। जसमा गत विजेता बङ्गलादेशसहित नेपाल, भुटान र श्रीलङ्का छन्।

नेपाली महिला यु–२० मा बिर्सना चौधरी कप्तान रहेकी छन् भने अन्य खेलाडीमा लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पन्दाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, सुव्रिया मियाँ, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर रहेका छन्।

Skip This
Skip This
Logo