रियलसँगको १३ वर्षको सफल यात्रापछि लुका अब एसी मिलानमा

रियलसँगको १३ वर्षको सफल यात्रापछि लुका अब एसी मिलानमा

केन्द्रबिन्दु
108
Shares

काठमाडौं । क्रोएसियाका कप्तान तथा ३९ वर्षीय स्टार मिडफिल्डर लुका मोड्रिच इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् ।

रियल म्याड्रिडसँगको १३ वर्षको सफल यात्रापछि निःशुल्क ट्रान्सफरमा उनी मिलान पुगेका हुन् । उनले एसी मिलानसँग २०२६ जुन महिनासम्मका लागि सम्झौता गरेका छन्, जसमा क्लबले एक वर्षको अवधिसम्म सम्झौता बढाउन सक्ने विकल्प रहेको छ ।

मोड्रिचले गत मे महिनामा संयुक्त राज्य अमेरिकामा सम्पन्न क्लब विश्वकपपछि स्पेनिस महारथी रियल मड्रिड छाड्ने घोषणा गरेका थिए । मिलानको सामाजिक सञ्जालमार्फत बोल्दै उनले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्न पाउँदा आफू निकै खुसी भएको बताएका छन् ।

सन् २०१८ मा बालोन डी’ओर जितेका मोड्रिचले २०१२ मा टोटनह्यामबाट रियल मड्रिड आएपछि २८ वटा उपाधिहरू जितेका छन्, जसमा ६ च्याम्पियन्स लिग र चार ला लिगा उपाधिहरू सामेल छन् ।

उनले रियलका लागि ५९७ खेलमा ४३ गोल गरेका छन् । रियल मड्रिडका लागि उनको अन्तिम खेल गत हप्ता क्लब विश्वकपको सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनसँगको ४-० को हार थियो ।

Logo