काठमाडौं । विराटनगर किंग्सले एनपीएलकाे आगामी सिजनका लागि हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौंसँग आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा पुनः सहकार्य गरेकाे छ ।
गत वर्षको सफल सहकार्य पछि, नेपालको एक प्रिमियम हस्पिटालिटी ब्रान्डसँग पुनः सहकार्य गर्दै अगाडि बढ्न पाउँदा टिमले सकारात्मक अपेक्षा लिएको छ।
राजधानीमा अवस्थित हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौं आफ्नो अत्याधुनिक आराम, उत्कृष्टसेवा र स्थानीय संस्कृतिको झल्को दिने आकर्षक वातावरणका लागि प्रसिद्ध छ। यो सहकार्यले खेलकुद र हस्पिटालिटी क्षेत्रको उत्कृष्टतालाई सँगै अघि बढ्ने साझा दृष्टिकोण प्रस्तुत गरेको छ।
यस सहकार्यको अंश स्वरूप, बिराटनगर किंग्सका खेलाडी, अफिसियलहरू तथा महत्वपूर्ण पाहुनाहरूले प्रतियोगिता अवधिभर प्रिमियम हस्पिटालिटी अनुभवगर्न पाउने छन्। होटलको सेवामा देखिने निष्ठा र सुस्पष्ट व्यवस्थापनले मैदान बाहिरको समयलाई सहज र सन्तुलित बनाउने विश्वास लिइएको छ।
बिराटनगर किंग्सकाे व्यवस्थापनले भन्याे, “हामीहायात सेन्ट्रिक सोल्टीमोड काठमाडौंसँग पुनःसहकार्य गर्न पाउँदा खुसीछौं। वहाँहरूबाट गत सिजनमा प्राप्त आतिथ्यता, पेसागत सेवा र समर्पण प्रशंसनीय थियो। यसले हाम्रो टिममा सकारात्मक माहोल सिर्जना गरेको थियो। हामी यो वर्ष पनि सँगै काम गर्न आतुर छौं।”
यो सहकार्य केवल आराम र सुविधा सम्म मात्र सीमित छैन, टिमले सिजन भर संकलन गर्ने समग्र अनुभव सँग पनि जोडिएको छ।





























प्रतिक्रिया