नेयमारको गोलमा सान्तोषले शीर्ष स्थानको फ्लामेङ्गोलाई हरायो

नेयमारको गोलमा सान्तोषले शीर्ष स्थानको फ्लामेङ्गोलाई हरायो

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । ब्राजिलियन सिरी ए अन्तर्गत भएको रोमाञ्चक खेलमा क्लब सान्तोसले शीर्ष स्थानमा रहेको फ्लामेङ्गोलाई हराएको छ ।

स्टार खेलाडी नेयमारको निर्णायक गोलमा सान्तोसले फ्लामेङ्गोलाई १-० ले पराजित गरेको हो । खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको ८४ औं मिनेटमा नेयमारले गरेको एक मात्र गोल निर्णायक बन्यो। खेलको अन्तिम समयसम्म दुवै टोलीले कडा प्रतिस्पर्धा गरे पनि फ्लामेङ्गोले गोल फर्काउन सकेन।

यो जितसँगै सान्तोसले लिगमा आफ्नो स्थान सुधार गरेको छ भने फ्लामेङ्गोलाई धक्का लागेको छ। फ्लामेङ्गो १३ खेलमा २७ अंकसहित शीर्ष स्थानमा यथावत् छ भने सान्तोस १४अंकसहित १४औं स्थानमा छ ।

Logo