नेपालले श्रीलंकालाई फेरि ७-० ले हरायो

नेपालले श्रीलंकालाई फेरि ७-० ले हरायो

केन्द्रबिन्दु
189
Shares

काठमाडौं । नेपालले साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकामाथि फराकिलो जित दर्ता गरेको छ । बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा खेलमा नेपालले ७-० को जित निकालेको हो । यसअघि पहिलो खेलमा पनि ७-० गोलले नै हराएको थियो ।

नेपालले ४ खेलबाट ९ अंक बनाएको छ। पहिलो खेलमा भुटानविरुद्ध ६–१ को प्रभावशाली जित निकालेको नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३–२ को अन्तरले हार बेहोरेको थियो । यो च्याम्पियनसिप डबल राउन्ड रोबिन फम्र्याटमा खेलाइएको छ, जहाँ नेपालसहित बंगलादेश, भुटान र श्रीलंका सहभागी छन् । जुन टोली शीर्षमा रहन्छ, उसैले उपाधि जित्छ । बंगलादेशले नेपालमाथि एक जितको फाइदा निकालेको छ, तर नेपालले बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्ने सम्भावना कायम राख्न सक्छ ।

Logo