नेपालले भुटानलाई ८ गोलले हरायो, पूर्णिमा र मीनाको ह्याट्रिक

नेपालले भुटानलाई ८ गोलले हरायो, पूर्णिमा र मीनाको ह्याट्रिक

केन्द्रबिन्दु
120
Shares

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि फराकिलो जित दर्ता गरेको छ ।

बंगलादेशको बसुन्धरा स्पोर्ट्स मैदानमा आज भएको खेलमा नेपालले भुटानलाई ८-० गोलले हराएको हो । नेपालको जितमा मीना देउवा र पूर्णिमा राईले ह्याट्रिक गरे । साथै समीक्षा मगर र कुसुम खतिवडाले एक/एक गोल गरेका थिए।

नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो ।

प्रतियोगितामा नेपाल ५ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ भने एक खेल कम खेलेकाे बंगलादेशकाे पनि समान अंक रहेकाे छ । नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ । उपाधि जित्न नेपालले बंगलादेशलाई पराजित गर्नुपर्नेछ।

Logo